सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौँ। सोलु हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज (मंसिर १० गते) अन्तिम दिन रहेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि मंसिर ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आजसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
जसमध्ये सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।













