२० भदौ २०८३, शनिबार

नेपाली भाषामा पनि आयो भारतको संविधान



काठमाडौँ । मूलत: अंग्रेजी र हिन्दी भाषामा रहेको भारतको संविधान अब नेपाली भाषामा पनि उपलब्ध भएको छ ।

भारतका राष्ट्रपति द्रौपति मुर्मुले बुधबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै नेपाली सहितका ९ भाषामा अनुवादित भारतीय संविधान एकसाथ जारी गरेकी हुन् ।

भारतले आफ्नो ७६औ संविधान दिवसका अवसरमा यी अनुदित संविधान जारी गरेको हो ।

नेपाली भाषासँगै मल्यालम, मराठी, पञ्जाबी, बोडो, कश्मिरी, तेलगू, उडिया र असमिया भाषामा अनुवादित संविधानका प्रतिहरु जारी गरिएको हो ।