२४ भदौ २०८३, बुधबार

कोरोना पुष्टि भएपछि पर्यटनमन्त्री भट्टराईलले लेखे यस्तो स्टाटस



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा आफू कोरोना पोजेटिभ भएको जानकारी दिएका छन् ।

“गत सोमबार कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । त्यसक्रममा काठमाडौं बाहिरका केही कार्यक्रममा सहभागी पनि भए । हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महशुस भयो । आज शनिबार पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भरखरै जानकारी पाएको छु । केहि दिन यता मसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु” उहाँले लेख्नुभएको छ ।

आफ्नो कारणले कसैलाई पर्न जाने असुबिधाप्रति क्षमाप्राथी रहेको उनले बताएका छन् ।

“होसियार रहनु र परी आएमा सामना गर्नु बाहेक के नै पो विकल्प छ र मन्त्री भट्टराईले स्टाटसमा लेखेका छन् । मन्त्री भट्टराईका प्रेस संयोजक राजेन्द्र श्रेष्ठकाअनुसार अहिले होम आइसोलेशनमा बसेका छन् ।