लगातार पाचौँ दिन बढेको सेयर बजार २ हजार ६ सय ७६ विन्दुमा
काठमाडौं । शेयर बजार लगातार पाचौँ दिन पनि बढेको छ । साताकाे अन्तिमाराेबार दिन सेयर बजार मापक नेप्से दाेहाेराे अंकले बढेकाे हाे ।
शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ४३ अङ्कले बढेर २ हजार ६ सय ७६ दशमलव ०३ विन्दुमा पुगेको छ ।
आज नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ६ अर्ब ६९ करोडको कारोबार भएकोमा आज ३ सय ३३ वटा कम्पनीको १ करोड ४६ लाख ९३ हजार कित्ता शेयर ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार रुपैयाँमा किनबेच भएको छ ।
हिजो ३ सय २२ वटा कम्पनीको १ करोड ३६ लाख कित्ता शेयर ६ अर्ब ६९ करोड रुपैयाँमा किनबेच भएको थियो ।
आज फाइनान्स, माइक्रोपफाइनान्स, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार समुहको सेयर घेको छ भने बाँकी सबै समुहको सेयर बढेको छ । यसदिन बैंकिङ समुह सर्वाधिक १.४७ प्रतिशत बढेको छ ।













