सिजी इलेक्सले जाडो र एनपिएल सिजन लक्षित इएमआई तथा एक्चेन्ज अफर सार्वजनिक - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सिजी इलेक्सले जाडो र एनपिएल सिजन लक्षित इएमआई तथा एक्चेन्ज अफर सार्वजनिक



काठमाडौं । सिजी इलोक्ट्रोनिक्स अन्तर्गतको सिजी इलेक्सले जाडोयाम र एनपिएल क्रिकेट सिजनलाई लक्षित गर्दै इएमआइ तथा एक्चेन्ज सुविधा समेटिएको नयाँ अफर सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार, पुराना उपकरण साट्दा उच्च मूल्यांकन प्राप्त हुनेछ भने नयाँ उपकरण इएमआईमा खरिद गर्दा दैनिक रु ४५ बाट सुरु हुने किस्ता सुविधा उपलब्ध हुनेछ ।

अफरमा टेलिभिजन, फ्रिज, वासिङ मेसिन, एयर कन्डिसनर, डिस्वासर, कुकिङ रेनज, चिम्नी लगायतका प्रमुख घरायसी उपकरण समेटिएका छन् । क्रिकेट सिजनलाई ध्यानमा राख्दै फोरके स्मार्ट टिभी सहितका विभिन्न मोडेलमा विशेष इएमआई र एक्चेन्ज सुविधा प्रदान गरिएको कम्पनीले जनाएको छ ।

४३ इन्चभन्दा ठूला स्मार्ट टिभी खरिद गर्ने ग्राहकले रु २,२०० मूल्य बराबरको नेट टिभी ९ महिनाको निःशुल्क सब्स्क्रिप्शन प्राप्त गर्नेछन् । समावेश ब्रान्डहरूमा एलजी, सिजी, सिजी मेरिडिया , गोधराज, टिसिएल, बुर्ली, केन्टरो, मिडिया, बिको, ब्ल्याक डेकर, इलिका, सेन्सी र क्रोम्पटन रहेका छन् ।

कम्पनीका अनुसार, पुराना उपकरण ल्याएर साट्दा बजार–अनुसारको उच्च मूल्यांकन प्राप्त हुन्छ र सो मूल्यांकन प्रत्यक्ष रूपमा नयाँ उपकरणको खरिदमा समायोजन गरिन्छ ।

ग्राहकहरूले CGelex.com मा गएर आफ्नै पुरानो उपकरणको मूल्याङ्कन स्व–रूपमै अनलाइन चेक गर्न सक्ने सुविधा उपलब्ध छ । वेबसाइटबाटै तुरुन्तै कति मूल्यांकन आउँछ भन्ने थाहा पाइने भएकाले, निर्णय प्रक्रिया अझ छिटो र पारदर्शी हुने कम्पनीले जनाएको छ ।

इएमआई सुविधालाई एक कदम अझ सहज बनाइएको छ । सिजी इलेक्सले जगदम्बा हायर पर्चेस सँगको सम्झौता मार्फत “नागरिकता भए पुग्छ” सेवा उपलब्ध गराएको छ, जसअनुसार इएमआइ लिन ग्राहकलाई जिम्मेवारी गर्ने व्यक्ति को आवश्यक पर्दैन नागरिकता भए पुग्छ । इएमआई स्वीकृति छिटो हुने र प्रक्रिया झनै सरल बनाएको कम्पनीको दाबी छ ।

जाडोमा बढी प्रयोग हुने गिजर, हीटर, वासिङ मेसिन लगायतका उपकरणमा पनि इएमआई सुविधा लागू गरिएको छ । त्यस्तै, डिस्वासर, कुकिङ रेनज, चिम्नी लगायतका किचन उपकरणमा इएमआई तथा एक्चेन्ज दुवै सुविधा उपलब्ध छन् ।

देशभरका सिजी डिजिटल, एलजी ब्राण्ड सप शो–रुम, सिजी इलोक्ट्राोनिक्स का अधिकृत डिलर नेटवर्क तथा cgdigital.com.np मार्फत यो अफर उपलब्ध हुनेछ । धेरैजसो मोडेलमा निःशुल्क भेलिभरी तथा निःशुल्क सर्भिस सेवा पनि गराइने जानकारी कम्पनीले दिएको छ ।


प्रतिक्रिया दिनुहोस्