साताको पहिलो कारोबार दिन दोहोरो अंकले घट्यो नेप्से, काराेबार भने ७ अर्ब माथि
काठमाडौं । गत साता लगातार पाँचै दिन बढेको सेयर बजारमा यस साताको पहिलो कारोबार दिन आइतबार दोहोरो अंकको गिरावट आएको छ ।
आज सेयर बजार मापक नेप्से परिसूचक २६.५१ अंकले बढेर २६ सय ४९ दशमलव ५२ बिन्दुमा झरेको छ ।
नेप्से परिसूचक घटे पनि यसदिन काराेबार रकम भने बढेकाे छ । आज ३ सय ४२ वटा कम्पनीको १ करोड ५७ लाख ३६ हजार ३७२ कित्ता शेयर ७ अर्ब ८ करोड ५४ लाख ४९ हजार रुपैयाँमा किनबेच भएको छ ।
गत बिहिबार ३ सय ३३ वटा कम्पनीको १ करोड ४६ लाख ९३ हजार कित्ता शेयर ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार रुपैयाँमा किनबेच भएको थियाे ।
आज उत्पादन तथा प्रशाेधन र म्युच्युअल फण्ड बाहेक सबै समुहकाे सयर घटेकाे छ । यसदिन लगानी समुह १.४८, जलविद्युत १.३१, माइक्राेफाइनान्स १.३०, जीवन बीमा १.२०, बिकास बैंक १.०९, बैंकिङ समुह १.०८ र अन्य समुह १.०४ प्रतिशत घटेकाे छ ।
घटेकाे बजारमा ५ कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । आज सागर गिष्टिलरीकाे सेयर मूल्य १० प्रतिशत बढेकाे छ भने, निफ्रा ग्रिन इनर्जी डिबेञ्चर ६ प्रतिशत, स्वस्तिक लघुवित्त, झापा इनर्जी, श्रीनगर एग्रिटेककाे सेयर मूल्य ९.९९ प्रतिशत बढेकाे छ ।













