हिमालयन बैंकको बोनस शेयर सूचीकृत

काठमाडौं । हिमालयन बैंकको बोनस शेयर आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको ८५ लाख २० हजार २५५ दशमलव ८४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर लगानीकर्ताले खरीदविक्री गर्न सक्ने छन् ।

कम्पनीले गत माघ २९ गतेको साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।