कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु « Arthapath.com
२५ आश्विन २०७७, आईतवार

कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु



काठमाडौं । कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु भएके छ । कोरोना संक्रमणका कारण भरतपुर महानगरपालिका २० का वडाध्यक्ष मणिलाल तामाङको मृत्यु भएको हो । उपचारको क्रममा उनको भरतपुर अस्पतालमा आइतबार निधन भएको अस्पतालका कोभिड–१९ संयोजक डा. प्रमोद पौडेलले जानकारी दिए ।

६९ वर्षीय तामाङ उच्च रक्तचाप र मधुमेह रोगी थिए । तामाङलाई उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि असोज २३ गते अस्पताल भर्ना गरिएको थियो । कोरोना संक्रमण भएपछि निमोनिया भएको थियो। उनलाई दश दिनअघि कोरोना संक्रमण भएको थियो । उपचारबाट निको भएपछि घर फर्किएका उनलाई स्वास्थ्यमा थप समस्या भएपछि शुक्रबार फेरि अस्पताल भर्ना गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्