लगातार तेस्राे दिन घट्याे सेयर बजार, २६ सय ४४ बिन्दुमा नेप्से
काठमाडौं । लगातार तेस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ०.५३ अंकले घटेर २६ सय ४४ दशमलव ७० बिन्दुमा रोकिएको छ ।
नेप्से परिसूचक सँगै आज काराेबार रकम पनि घटेकाे छ । यसदिन ३ सय २४ वटा कम्पनीको १ करोड ८ लाख १० हजार १०६ कित्ता शेयर ४ अर्ब ४८ करोड १३ लाख ९४ हजार रुपैयाँमा किनबेच भएको छ ।
हिजाे ३ सय २५ वटा कम्पनीको १ करोड ८ लाख ६० हजार ८२८ कित्ता शेयर ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार रुपैयाँमा किनबेच भएको थियाे ।
आज बैंकिङ समुह हाेटल तथा पर्यटन, लगानी, जीवन बीमा र माइक्राेफाइनान्स समुहकाे सेयर घटेकाे छ भने बाँकी सबै समुहकाे सेयर बढेकाे छ ।
घटेकाे बजारमा ६ कम्पनीकाे सेयर मूल्यमा भने सकारातमक सर्किट लागेकाे छ । आज सागल डिष्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, माबिलुङ इनर्जी, बंगल हाइड्राे र श्रीनगर एग्रिटेककाे सेयर मूल्य १० प्रतिशत बढेका हुन् ।













