साताको पहिलो दिन सेयर बजार १३.३७ अंकले घट्यो, २ अर्ब ३९ करोड रुपैयाँको कारोबार

काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहोरो अ्रंकले घटेको छ । आईतबार नेप्से १३.३७ अंकले घटेर १५७६.२७ बिन्दुमा बन्द भएको छ । आइतबार सेन्सिटिभ इन्डेक्स ३.१ अंकले घटेर ३११.७३ बिन्दुमा पुगेको छ ।
१९३ कम्पनीहरुको ३७ हजार ५ सय १५ पटकको कारोवारमा ९२ लाख ८१ हजार चार सय ७८ कित्ता सेयर खरिद बिक्री भएको छ । आइतबार २ अर्ब ३९ करोड ५४ लाख ३२ हजार ५९९ रुपैयाँको कारोबार भएको छ ।
आइतबार फाईनान्स समुहको सुचक बढेपनि बाँकी समुहको सुचक उच्च अंकले घटेको नेप्सेले जनाएको छ । बाँणिज्य बैंक समुहको सुचक १०.५ अंकले घटेर १२५६.१ बिन्दुमा झरेको छ भने बिकास बैंक, जलबिद्युत, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेका छन् ।