लागतलेनै नधान्नेगरी सस्तियो कुखुराको मासु, प्रतिकेजी २ सयभन्दा कममै पाइन्छ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

लागतलेनै नधान्नेगरी सस्तियो कुखुराको मासु, प्रतिकेजी २ सयभन्दा कममै पाइन्छ



काठमाडौं । लागतलेनै नधान्नेगरी कुखुराको मासु सस्तिएको छ । बजारमा अहिले कुखुराको मासुको मुल्य तरकारीकै हाराहारीमा आएको छ । हरियो तरकारी छोइनसक्नु भएको बेला कुखुराको मासु भने प्रतिकेजी २ सयभन्दा कम मुल्यमा पाइन थालेको छ ।

कुखुराको मासु काठमाडौं उपत्यकामा पछिल्लो ३ बर्षयताकै सबैभन्दा सस्तो भएको छ । काठमाडौंका मासु पसलमा कुखुराको मासु विक्री नभएपछि यति सस्तो भएको व्यवसायीहरुले बताएका छन् । एक महिनामा ३ पटक मूल्य घटेको तर मासु बिक्री हुन नसक्दा व्यापारीहरु चिन्तीत बनेका छन् । हाल कुखुराको मासु प्रतिकिलो २ रुपैयाँभन्दा पनि तल झरेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।

३ बर्ष अगाडी कुखुराको मासुको मुल्य २ सय रुपैयाँ रहेको थियो । पछिल्लो समय कोरोना भाइरसका कारण प्रभाव परेकाले ३ बर्ष अगाडीको मुल्यमा मासु बिक्री गर्नुपरेको संघका प्रथम उपध्यक्ष श्रय ढकालले बताए । तयारी मासुको मुल्य २ सय रुपैयाँ भन्दा कममा पनि बिक्री हुन नसकेको ढकालले बताए । यसले गर्दा कुखुरा व्यवसायीहरुलाई ठूलो घाटा लागेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्