शुक्रबार पनि घट्याे सुन-चाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

शुक्रबार पनि घट्याे सुन-चाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?



काठमाडाैं । शुक्रबार पनि नेपाली बजारमा सुन-चाँदीकाे मूल्य घटेकाे छ । बिहिबार प्रतिताेला ८०० रूपैयाँले घटेकाे सुनकाे भाउ शुक्रबार पनि ताेलामा ९०० रूपैयाँ घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात बिहीबार, यस्तो सुन प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यसदिन चाँदीको मूल्य तोलामा ७० रुपैयाँले घटेको छ । आजको बजार चाँदी तीन हजार ५ सय ५५ रुपैयाँमा खरिद बिक्री भएको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला तीन हजार ६ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्