काेराेनाकाे जाेखिम देखाउँदै राष्ट्र बैंकले नयाँ नाेट नबाँड्ने

काठमाण्डाैं । राजधानी काठमाडाैंलगायत देशभर काेराेना संक्रमण बढेपछि नेपाल राष्ट्र बैंकले नयाँ नाेट नबाँड्ने निर्णय गरेकाे छ । राष्ट्र बैंककाे शुक्रबार बसेकाे संचालक समितिकाे बैठकमा नयाँ नाेट बजारमा पठाउने नपठाउने बारेमा लामाे छलफल भएकाे थियाे ।
नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट सटही नगर्ने जनाएकाे छ । नयाँ नाेट वितरण गर्दा अनावश्यक भिडभाड हुने भन्दै राष्ट्र बैंकले नयाँ नाेट सटही नगर्ने जनाएकाे छ।
कोरोना संक्रमणका कारण नयाँ नोट नसाट्ने निर्णय गरेकाे राष्ट्र बैंकले सूचना नै जारी गरेकाे छ । केन्द्रीय बैंकसँगै अन्य बैंक तथा वित्तीय संस्थामा समेत कोरोना बढिरहेको भन्दै सहटी नगर्ने निर्णय राष्ट्र बैंकले गरेको हो।