सेयर बजारमा सामान्य सुधार, पाैने ४ अर्बमा झर्‍यो काराेबार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सेयर बजारमा सामान्य सुधार, पाैने ४ अर्बमा झर्‍यो काराेबार



काठमाडौं । लगातार ६ दिन घटेको सेयर बजार आज सामान्य बढेको छ । साताको तेस्रो कारोबार दिन मंगरबार सेयर बजार मापक नेप्से परिसूचक ७.३९ अंकले घटेर २६ सय १४ दशमलव ०७ विन्दुमा रोकिएको छ ।

नेप्से बढे पनि आज काराेबार रकम भने घटेकाे छ । आज ३३१ कम्पनीकाे ८७ लाख ८२ हजार ८४ कित्ता सेयर ३ अर्ब ७५ कराेड ५० लाख २७ हजार रूपैयाँमा काराेबार भएकाे छ ।

यसदिन बैंकिङ, माइक्राेफाइनान्स, निर्जीवन बीमा र व्यापार समुह घटेकाेमा बाँकी सबै समुह बढेका छन् ।

आज स्वस्तिक लघुवित्तकाे सेयर मूल्य १० प्रतिशत बढेकाे छ भने श्रीनगर एग्रिटेकको सेयर मूल्य ९.९९ र माथिल्लाे मैलुङ खाेलाकाे सेयर मूल्य ९.९८ प्रतिशत बढेकाे छ ।


प्रतिक्रिया दिनुहोस्