सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड



काठमाडौं । सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बुधबार बिहान बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङको कार्यालयमा बाँडफाँड गरेको हो।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको १० लाख सेयरमा २१ लाख ८ हजार ८२० कित्ताको लागि आवेदन परेको छ। जसमा २१ लाख ८ हजार १४० कित्ता योग्य आवेदन परेकोमा ६२ हजार ९४७ जनाले कम्पनीको सेयर पाएका छन्।

हाइड्रोले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेको हो।


प्रतिक्रिया दिनुहोस्