नेपाल लाइफ इन्स्योरेन्सले घाेषणा गर्‍यो लाभांश, नगद र बाेनस कति ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेपाल लाइफ इन्स्योरेन्सले घाेषणा गर्‍यो लाभांश, नगद र बाेनस कति ?



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीकाे कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेकाे हाे ।

कम्पनीले शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ९ अर्ब २ करोड ८७ लाख ६३ हजार २०९ रुपैयाँको कुल २१.०५ प्रतिशतले हुन आउने १ अर्ब ९० करोड ७ लाख ९२ हजार २५५ रुपैयाँ लाभांश वितरण गर्ने छ ।

यसबाट संस्थाले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र १६.०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने भएकाे हाे।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी २६ औँ वार्षिक साधरणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्