युनाइटेड इदी मार्दीकाे ५.२६ प्रतिशत लाभांश घोषणा
काठमाडाैं । युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५.२६३१ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।
मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५.२६ प्रतिशतका दरले हुन आउने २ कराेड ३० लाख ४१ हजार २०० रूपैयाँ बराबरकाे बाेनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशतले हुन आउने ११ लाख ९८ हजार १४२ रूपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।



















