नेप्सेमा १९ अर्ब बढीको आइपीओ सूचीकृत, साढे ५ अर्बको हकप्रद सेयर
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १९ अर्ब बढीको साधार सेयर (आइपीओ) सूचीकृत भएको छ ।
नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक वर्ष २०८२–८३ को कात्तिकसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरणले यस्तो देखाएको हो ।
गत साउनदेखि कात्तिक मसान्तसम्म आइपुग्दा नेप्सेमा १९ अर्ब २ करोड बराबरको साधारण सेयर सूचीकृत भएको हो ।
यस्तै, ५ अर्ब ४१ करोड बराबरको हकप्रद सेयर सूचीकृत भएको राष्ट्र बैंकले जनाएको छ । समिक्षा अवधिमा कुल ३६ अर्ब १६ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएको देखिन्छ ।













