शिखर इन्स्योरेन्सकाे लाभांश घाेषणा, नगद र बाेनस कति ?
काठमाडाैं । शिखर इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ६.३१ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।
पुस १ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले कम्पनीकाे हाल कायम चुक्ता पूँजीको १७ कराेठ ५३ लाख ८५ हजार ९४० (६ प्रतिशत) रूपैयाँ बराबरकाे बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३१५८ प्रतिशत अर्थात ९२ लाख ३१ हजार १४७ रूपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।












