७ श्रावण २०८३, बिहिबार

शेयर बजारबाट सरकारलाई ५ महिनामा ४ अर्ब पुँजीगत लाभकर 



काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को ५ महिनाको अवधिमा शेयर बजारबाट सरकारलाई ४ अर्ब रुपैयाँ आम्दानी भएको छ । पुँजीगत लाभकर बापत सरकारलाई मंसिर मसान्तसम्ममा ४ अर्ब १ करोड ३१ लाख रुपैयाँ बराबरको आम्दानी भएको छ । 

गत वर्षको तुलनामा भने पुँजीगत लाभकर घटेको हो । गत वर्ष सोही अवधिमा सरकारले ९ अर्ब २० करोड २४ लाख रुपैयाँ बराबरको पुँजीगत लाभकर गरेको थियो । गत वर्षको ५ महिनाको तुलनामा ५६.३९ प्रतिशतले घटेको छ । 

मंसिरमा मात्र सरकारले पुँजीगत लाभकर बापत ६३ करोड ९८ लाख रुपैयाँ लिएको छ । जुन गत वर्षको तुलनामा कम हो । गत वर्ष यस्तो कर मंसिरमा मात्र १ अर्ब ४ करोड रुपैयाँ बराबरको थियो । 

यो वर्ष लागे यता शेयर बजारमा उत्साह नदेखिएकाले गर्दा यस्तो भएको हो । गत साउनमा ३००२ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अहिले २५००–२६०० हाराहारीमा घुमिरहेको छ । 

शेयर बजारमा रौनक नआएसँगै कारोबार रकममा पनि बढ्न सेकेको छैन । त्यसले गर्दा शेयर बजारबाट नाफा कमाउने संख्या पनि न्यून बन्दै गएको छ । त्यसको असर सरकारले पाउने पुँजीगत लाभकरमा परेको छ । 


प्रतिक्रिया दिनुहोस्