भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ओरिएण्टल इन्स्योरेन्सद्वारा २० लाख सहयोग - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ओरिएण्टल इन्स्योरेन्सद्वारा २० लाख सहयोग



काठमाडाैं । ओरिएण्टल इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु २० लाख सहयोग उपलब्ध गराएको छ ।

कम्पनीले गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले सहयाेग गरेकाे हाे ।

उक्त सहयोग रकम बराबरको चेक कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक संजय जोशीले भदौ ३ गते विहिबार अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनालज्यूलाई हस्तान्तरण गरे ।

कोषमा पुर्याएको योगदानका लागि नेपाल सरकारको तर्फबाट अर्थमन्त्री खनालले ओरिएण्टल इन्स्योरेन्स कम्पनीलाई धन्यवाद ज्ञापन गरे ।


प्रतिक्रिया दिनुहोस्