प्रभु महालक्ष्मी लाइफले घाेषणा गर्यो ८.४२ पतिशत लाभांश
काठमाडाैं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ।
पुस २ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८.४२१ प्रतिशतका दरले ४ प्रतिशत बोनस शेयर र ४.४२१ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्नेछ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।













