सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन कहिले ?
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले वितरण प्रस्ताव गरेको २५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने कम्पनीले बुक क्लोजको मिति तोकेको छ ।
कम्पनीले पुस १८ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको छ । पुस १६ गतेसम्म कायम रहेका शेयर धनीले मात्र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउने छन् । कम्पनीले २५ प्रतिशत कर सहित नगद लाभांश तोकेको छ ।
त्यो पारित गर्न कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले हल २ अर्ब ८० करोड ६५ लाख ५० हजार रुपैयाँ बराबरको चुक्ता पुँजी रहेको छ ।













