छिमेक लघुवित्तको संस्थापक शेयर बिक्रीमा - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

छिमेक लघुवित्तको संस्थापक शेयर बिक्रीमा



काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले १ लाख ७० हजार ८४७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

संस्थापक एसजी सेक्यूरिटिज प्रा.लिको नाममा रहेको ६४ हजार ३०६ कित्ता र शिवाङ्गी इन्भेष्टमेण्ट प्रा.लिको नाममा रहेको ६४ हजार ३०६ कित्ता र विनिता अधिकारीको नाममा रहेको ४२ हजार २३५ कित्ता शेयर बिक्रीमा रहेको छ ।

कम्पनीले १ लाख २८ हजा ६१२ कित्ता शेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम ३९५ रुपैयाँ र ४२ हजार २३५ कित्ता शेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम ४१० रुपैयाँ तोकेको छ ।

उक्त शेयरमा विद्यमान संस्थाप शेयर धनीले मात्र आवेद दिन पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्