रुरु जलविद्युतले साढे १५ प्रतिशत लाभांश दिने
काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले शेयर धनीलाई लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट साढे १५ प्रतिशत लाभांश दिने भएको हो ।
कम्पनीले पुँजीको १० प्रतिशत बोनस शेयर र ५.७८९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । त्यसका लागि कम्पनी वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गर्दै पुस २५ गते काठमाडौंको चाबहिलस्थित स्मार्ट प्यालेस एन्ड इभेन्टमा बिहान ११ बजे बिसौँ वार्षिक साधारण सभा गर्ने भएको हो ।
कम्पनीले सभामा हकप्रद शेयर जारी गर्ने एजेन्डा समे अगाडि सारेको छ ।
कम्पनीले पुस १३ गतेका दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पुस ९ गतेसम्म कायम शेयर धनी मात्रै लाभांश, हकप्रद र सभामा भाग लिन पाउने छन् ।













