रिलायबल नेपाल लाइफले घोषणा गर्यो १२ प्रतिशत नगद लाभांश
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ काे मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने हो।
कम्पनीले हाल कायम चुक्तापुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँको कुल १२ प्रतिशतले हुन आउने ६२ करोड ३५ लाख ३९ हजार ३८५.६० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
यो लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।














