कालिका लघुवित्तले आफ्ना शेयरधनीलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले लाभांश घाेषणा गरेकाे छ । संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ काे सञ्चित र खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई साढे १० प्रतिशत लाभांश घोषणा गरेकाे हाे ।
कम्पनीले आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ४० करोड ७६ लाख ९२ हजार ३०४.७६ रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
जसमा १० प्रतिशतले हुन आउने ४ करोड ७ लाख ६९ हजार २३०.४८ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.५२३६ प्रतिशतले हुन आउने २१ लाख ४५ हजार ७४८.९७ रुपैयाँबराबरको नगद लाभांश छन्।
यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।













