सिन्धु विकास बैंकले लाभांश नदिने
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले शेयर धनीलाई लाभांश नदिने भएको छ । कम्पनीको शुक्रवार दिनको ४:३० बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको कम्पनी सचिव पुष्कर जिसीले जानकारी दिए ।
सोही बैठकले कम्पनीको आर्थिक वर्ष २०८१–८२ को वित्तीय विवरणहरू पारित गरी सोको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेस गर्ने निर्णय गरेको जिसीले जानकारी दिए ।












