जग्गा किन्ने बहानामा हत्या र लुटपाट, ३ जना पक्राउ « Arthapath.com
२७ आश्विन २०७७, मंगलवार

जग्गा किन्ने बहानामा हत्या र लुटपाट, ३ जना पक्राउ



काठमाडौं । भक्तपुरको चाँगुनारायण–८ सुडालमा कुटपिटबाट मृत्यु भएका ६१ वर्षीय चन्द्र लामाको हत्यामा संलग्न भएको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३७ वर्षीय कामी शेर्पा, सिन्धुपाल्चोककै २८ वर्षीय रमेश तामाङ र ३० वर्षीय प्रेम तामाङ रहेका छन् ।

असोज २१ गते जग्गा हेर्न आएका ३ जनाको समूहले स्थानीय लामालाई कुटपिट गरि उनको साथमा रहेको दुई तोला सुनको ब्रासलेट, एक तोला सुनको सिक्री र दुईवटा मोबाइल लुटेर लगेको महाशाखा प्रमुख दीपक थापाले जानकारी दिए । गम्भीर घाइते भएका लामाको भोलिपल्ट ग्रिनसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्