लाभांश प्रस्ताव पारित गर्न सूर्यज्योति लाइफले डाक्यो साधारण सभा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

लाभांश प्रस्ताव पारित गर्न सूर्यज्योति लाइफले डाक्यो साधारण सभा



काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो १८ औँ वार्षिक साधारणसभा डाकेकाे छ।

कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले यही पुस ३० गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा विराटनगरको होटल हैरिसन प्यालेसमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७.४६ रुपैयाँको १३ प्रतिशतले हुन आउने ६५ करोड १५ लाख ५३ हजार २१३.६७ रुपैयाँबराबरको नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

लाभांश र सभा प्रयोजनार्थ कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।


प्रतिक्रिया दिनुहोस्