आगलागीबाट २० लाखभन्दा बढीको धनमाल जलेर नष्ट
काठमाडौं । काठमाडौ. आगलागीबाट २० लाख भन्दा बढीको क्षति भएको छ । काठमाडौंको एक कम्पनीमा विद्युत सर्ट भई आगलागी हुँदा विभिन्न सामान जलेर नष्ट भएका हुन् । काठमाडौंमा डेरा गरी बस्ने ३१ वर्षीय अमृत थापाको बाल्ट्रा होम सोलुसन प्रालिमा जलेर २० लाखभन्दा बढीको नोक्सानी हो ।
काठमाडौं महानगरपालिकामा रहेको बाल्ट्रा होम सोलुसन प्रालिमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा विभिन्न सामान जलेर करिब २० लाख ८ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ











