सुपर खुदी हाइड्रोपावरले पुस २२ गतेदेखि आईपीओ निष्काशन गर्दै - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सुपर खुदी हाइड्रोपावरले पुस २२ गतेदेखि आईपीओ निष्काशन गर्दै



काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले पुस २२ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गर्न लागेको हो।

कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत बराबरको ३१ करोड रुपैयाँ मूल्यको ३१ लाख कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति पाएको छ। सोमध्ये प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १५ लाख ५० हजार कित्ता साधारण सेयर, अर्थात १५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

स्थानीय बासिन्दाका लागि छुट्याइएको सेयरमध्ये ४० प्रतिशत अर्थात ६ लाख २० हजार कित्ता लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं. २ र ३ का बासिन्दालाई बाँडफाँट गरिनेछ। बाँकी ६० प्रतिशत अर्थात ९ लाख ३० हजार कित्ता भने मर्स्याङ्दी गाउँपालिका वडा नं. १, ४, ५, ६, ७, ८ र ९ का स्थानीय बासिन्दालाई वितरण गरिनेछ।

यसैगरी, सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात १ करोड ५५ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ५५ हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिनेछ। उक्त समूहमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीहरूले आवेदन दिन सक्नेछन्।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन छिटोमा माघ ६ गते र ढिलोमा माघ २१ गते बन्द हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने आवेदन अवधि छिटोमा पुस २५ गते र ढिलोमा माघ ६ गतेसम्म रहनेछ।


प्रतिक्रिया दिनुहोस्