निःशुल्क अनलाईन सेयरबजार सम्बन्धी तालिम दिँदै कलश स्टक मार्केट - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

निःशुल्क अनलाईन सेयरबजार सम्बन्धी तालिम दिँदै कलश स्टक मार्केट



काठमाडौं । कलश स्टक मार्केट ब्रोकर नं. ७४ ले लगानीकर्ताहरुलाई लक्षित गर्दै अनलाइनमार्फत सेयरबजार सम्बन्धी तालिम प्रदान गर्ने भएको छ ।

कम्पनीले दिएको जानकारीअनुसार पुस १९ गतेदेखि देखि २६ गतेसम्म ८ दिन निःशुल्क तालिम लिन पाइनेछ ।

तालिममा सेयरप्रति चासो राख्ने व्यक्तिहरु सहभागी हुन सक्ने कम्पनीले जनाएको छ । बेलुका ६ बजेदेखि ८ बजेसम्म हुन लागेको उक्त तालिमको लागि अशोक कुमार शाह प्रमुख प्रशिक्षक रहने कलश स्टक मार्केटले जनाएको छ ।

भाग लिन चाहनेहरुले कलश मार्केटको वेबसाइटमा गइ फर्म भर्नुपर्ने कम्पनीका अध्यक्ष श्री प्रदिप केसीले बताए।


प्रतिक्रिया दिनुहोस्