उद्योग व्यापार संघ बुटवलको अध्यक्षमा लोकनाथ पन्थी निर्वाचित
बुटवल । उद्योग व्यापार संघ बुटवलको सातौं साधारणसभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा लोकनाथ पन्थी निर्वाचित भएका छन् ।
वरिष्ठ उपाध्यक्ष रहेका पन्थी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । उनीसँगै २५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत दामोदर घिमिरेले बताए ।
जसमा वरिष्ठ उपाध्यक्षमा पदम जिसी, उद्योग उपाध्यक्षमा केशव श्रीस मगर, वाणिज्य उपाध्यक्षमा यमलाल मरासिनी, महिला उपाध्यक्षमा माया पाण्डे, महासचिवमा बिजय आचार्य, कोषाध्यक्षमा दिलिप शर्मा , सचिवमा सौरभ भुसाल र सहकोषाध्यक्षमा बिनोद आचार्य निर्वाचित छन् ।
यस्तै कार्यसमिति सदस्यहरू कृष्णप्रसाद भुसाल न्याजुद्धिन मियाँ,नारायण प्रसाद पाण्डे, बिनोद खाती, बिशाल पन्थी, प्रशान्त बन्जाडे जीवन बुढाथोकी, भरत अधिकारी, केशव पौडेल, तिलकराम पाण्डे,लक्ष्मण ज्ञवाली, प्रकाश भण्डारी, भविश्वर ढकाल र छविलाल खनाल निर्वाचित भएका छन् ।













