सानिमा जनरल इन्स्योरेन्सको आइपिओ शुक्रबार बाँडफाँड, ६ लाख १५ हजार ७ सय ६ जनाको हात खाली

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको आइपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । बुधबार प्रि– अलोटमेण्ट गरेर नेपाल धितोपत्र बोर्ड ‘सेबोन’ मा पठाइसकेकोले, सेबोनले अरु निर्णय नगरेको खण्डमा शुक्रबार बिहान क्यापिटलको कार्यालयमा बाँडफाँडको कार्यक्रम तय भएको बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडले जनाएको छ ।
असोज २१ गते देखि असोज २५ गतेसम्म आइपिओमा ८ लाख ८८ हजार ७ सय ६ जना आवेदकले १ अर्ब ९० करोड ९१ लाख ८ हजार रुपैयाँ बराबरको १ करोड ९० लाख ९१ हजार ८० कित्ताको लागि आवेदन दिएका छन् ।
अन्तिम तथ्यांकलाई हेर्दा न्युनतम १० कित्ताको दरले वितरण गर्दा २ लाख ७३ हजार जना आवेदकले मात्र शेयर हात पार्नेछन् भने बाँकी ६ लाख १५ हजार ७ सय ६ जनाको हात खाली हुनेछ ।