प्रभु महालक्ष्मी लाइफको एमडिआरटि सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटि २०२६ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ ।
रुपन्देहीको भैरहवामा माघ ७ देखि ९ गतेसम्म ३ दिन चलेको कार्यक्रम उल्लास र उत्सवका साथ भब्य रुपमा सम्पन्न भएको हो।
कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रसाईले उत्कृष्ट कार्यले नै सम्मानको लागि मार्ग तयार हुने भन्दै अभिकर्ताहरुको मेहनतले पाएको सफलतामा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सधै साथ–सहयोग रहने बताए।
एमडिआरटी जस्तो अन्तराष्ट्रिय फोरममा छनोट हुनु आफैमा गौरवको कुरा भएकाले भन्दै उनले अभिकर्ताहरुलाई बधाई दिँदै आगामी वर्षहरुमा पनि निरन्तर सफलताको शुभकामना व्यक्त गरे।
यस्तै उनले सफलताको यो माहोललाई कम्पनीले उत्सवको रुपमा लिएको बताए। योग्यहरुको योग्यताको पहिचान आफूले गर्ने कामले प्रस्तुत हुने भन्दै उनले निरन्तर कार्य गरेर प्राप्त सफलतालाई सेलिब्रेसन गर्ने समय भएको बताए ।
यस्तै नायव महाप्रबन्धक एवं नेशनल सेल्स हेड सोन बहादुर मगरले अन्तराष्ट्रिय फोरम एमडिआरटिमा छनोट हुनु अभिकर्ता पेसाले दिएको मान सम्मानको एक उत्कृष्ट उदाहरण भएको बताए ।
त्यसैले अभिकर्ता पेसा छनोट गर्नुभएको निरन्तर लगनको परिणामले प्राप्त सफलतालाई कम्पनीले उच्च सम्मान प्रकट गरेको उनको भनाइ छ।
यस्तै अन्तराष्ट्रिय ट्रेनर अमित शर्माले व्यवसायीक विक्री कलाको क्षमता अभिबृद्धि सम्बन्धी तालिम प्रदान गरेका थिए ।













