८६ करोड विदेशी मुद्रा अपचलन गरेको आरोपमा मुद्दा, तीन वर्ष कैद माग - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

८६ करोड विदेशी मुद्रा अपचलन गरेको आरोपमा मुद्दा, तीन वर्ष कैद माग



विदेशी मुद्रा अपचलनको आरोपमा दुई जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
राजश्व अनुसन्धान विभागका अनुसार जेएसइ मोबाइल कलेक्सन एन्ड सर्भिसेज प्रा।लि। र श्याम इम्पेक्सका सञ्चालक मोहन वंशल र गोविन्द वंशलविरूद्ध मंगलबार अदालतमा मुद्दा दायर भएको हो ।

उनीहरु दुवैलाई ८५ करोड ९५ लाख २२ हजार ७२७ रुपैयाँ बिगो र बिगोको तीन गुणा जरिवाना तथा तीन वर्ष कैद सजाय माग गरिएको विभागले जनाएको छ। वंशलद्वयले विदेशमा निर्मित मोबाइल, मेमोरी कार्ड लगायतका मालवस्तु पटक पटक भन्सार नतिरी चोरी पैठारी गरी ल्याउने गरेको विभागको जनाएको छ ।

दुवैले मालवस्तुको निकासी वा पैठारी गर्दा अनिवार्य भन्सार बिन्दुमा मालवस्तुको घोषणा गर्ने र लाग्ने महशुल भुक्तानी गरी निकासीरपैठारी गर्नुपर्ने कानुनी व्यवस्थाको विपरीत कार्य गर्ने गरेको विभागले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्