कोरोना संक्रमितले पनि परीक्षा दिन पाउने व्यवस्था गर्न लोकसेवालाई सर्वाेच्चको आदेश « Arthapath.com
२९ आश्विन २०७७, बिहीबार

कोरोना संक्रमितले पनि परीक्षा दिन पाउने व्यवस्था गर्न लोकसेवालाई सर्वाेच्चको आदेश



काठमाडौं । कोरोना संक्रमितलाई पनि लोकसेवा आयोगको परीक्षामा सहभागी गराउन सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ । आयोगले जारी गरेको संक्रमणको विशेष अवस्थामा परीक्षासम्बन्धी मापदण्डको बुँदा नम्बर ८ (१) को कार्यान्वयन नगर्न नगराउन निर्देशन गरेको हो ।

परीक्षार्थीले आफू कोभिड–१९ संक्रमित भए नभएको स्वयं घोषणा गर्नुपर्ने तथा संक्रमित परीक्षार्थीले परीक्षा केन्द्रमा प्रवेश गर्न नपाउने व्यवस्था यो बुँदामा गरेको छ ।

त्यसविरुद्ध परेको रिटमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले संक्रमित व्यक्ति परीक्षा दिनबाट बञ्चित हुँदा संविधान प्रदत्त पेशा रोजगार गर्न पाउने हक, समानताको हक, स्वास्थ्य अवस्थाको अधारमा विभेद विरुद्धको हक, छुवाछुत तथा भेदभावविरुद्धको हकसमेत उल्लंघन हुने ठहर गरेको हो ।

सर्वोच्च अदालतको आदेश


प्रतिक्रिया दिनुहोस्