रिज लाइन इनर्जीमा आवेदन दिने आज अन्तिम दिन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

रिज लाइन इनर्जीमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको साधारण शेयर (आइपीओ)मा आवेदन दिन आज अन्तिम दिन रहेको छ । कम्पनीले आइपीओ माघ २८ गतेदेखि आज फुगन ४ गतेसम्म मात्र आवेदन खुल्ला गरेको थियो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रूपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रूपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर बिक्री गर्ने अनुमति पाएको थियो ।

कम्पनीले ११ लाख ८५ हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र १ लाख ४२ हजार २०० कित्त शेयर विदेशमा रोजगारीमा रहेका नेपालीलाई बिक्री गरेको छ ।

बाँकी शेयरमध्ये २८ हजार ४४० कित्ता शेयर कम्पनीका कर्मचारी, ७१ हजार १०० कित्ता शेयर सामूहिक लगानी कोष र ११ लाख ८० हजार २६० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गरेको छ ।

प्रतिििकत्ता १०० रुपैयाँका दरले कम्पनीले ११ करोड ८० लाख २६ हजार रूपैयाँ बराबरको शेयर सर्वसाधारणलाई बिक्री गर्ने छ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड हो ।


प्रतिक्रिया दिनुहोस्