होटल फरेष्ट इनको आइपीओ बाँडफाँड  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

होटल फरेष्ट इनको आइपीओ बाँडफाँड 



काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले सर्वसाधारणका लागि बिक्री गरेको साधारण शेयर (आइपीओ) आज सोमबार बाँडफाँड गरेको छ । कम्पनीले माघ २२ देखि माघ २६ गतेसम्म बिक्री गरेको आइपीओ आज बाँडफाँड गरेको हो । 

कम्पनीले ३३ लाख २० हजार कित्ता शेयर बिक्री गरेको थियो । आइपीओमा २३ लाख ७१ हजार ३१५ जना आवेदकले २ करोड ५७ लाख ४५ हजार ७०० कित्ताका लागि आवेदन दिएका थिए । 

आवेदक मध्ये ३ लाख ३२ हजार आवेदकले १०/१० कित्ताका दरले आइपीओ पाएका छन् । 

बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड हो । 


प्रतिक्रिया दिनुहोस्