२४ भदौ २०८३, बुधबार

नेरुडे मिर्मिरे लघुवित्तको सिइओमा श्रेष्ठ नियुक्त 



काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पवन कुमार श्रेष्ठ नियुक्त भएका छन् । 

श्रेष्ठलाई फागुन ५ गतेदेखि लागु हुने गरी सिइओमा सञ्चालक समितिले नियुक्त गरेको हो । 

कम्पनीको फागुन १ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सिइओमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।