स्वाभिमान लघुवित्तकाे १० प्रतिशत लाभांश घाेषणा
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
संस्थाको २०८२ फागुन १५ गते बसेको सञ्चालक समितिको ११४औँ बैठकले आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको कुल १० प्रतिशत लाभांश घोषणा गरेको हो। जसमध्ये ९.५० प्रतिशत बोनस शेयर रहेको छ भने ०.५० प्रतिशत सोको कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।
संस्थाले हाल कायम चुक्ता पूँजी १५ करोड ३४ लाख ४५ हजार ५०९ रुपैयाँको आधारमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुले प्राप्त गर्नेछन्।
















