कुमारी बैंकले १ लाख १ हजार कित्ता संस्थापक शेयर विक्री गर्दै « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

कुमारी बैंकले १ लाख १ हजार कित्ता संस्थापक शेयर विक्री गर्दै



काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले १ लाख १ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने जनाएको छ । बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवेदन दिन बैंकले आग्रह गरेको हो ।

बैंकले ईच्छुक आवेदकहरुलाई आवश्यक कागजपत्र संकलन गरेर बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल अथवा कुमारी बैंकको रजिष्टर्ड कार्यालयमा आइपुग्ने गरि निवेदन दिन आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्