रास्वपाको बहुमतसँगै शेयर बजारमा लाग्यो तेस्रो पोजेटिभ सक्रिट ब्रेक, आजका लागि बजार बन्द
काठमाडौं । आज शेयर बजारमा तेस्रो सक्रिट ब्रेक लागेको छ । आज शेयर बजार ६ प्रतिशतले बढेर सक्रिट ब्रेक लागेको हो । आजका लागि शेयर बजार बन्द भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज नेप्सेको नियम अनुसार नेप्सेमा बजार खुलेको पहिलो १ घण्टामा ४ प्रतिशतले बढ्दा वा घट्दा २० मिनेटका लागि सक्रिट ब्रेक लगाएर बजार बन्द हुन्छ । २ घण्टा भित्र ५ प्रतिशतले बढे वा घटेमा भने फेरी ४० मिनेटका लागि सक्रिट ब्रेक लगाएर बजार बन्द हुन्छ भने बजार ६ प्रतिशतले बढेमा दिनभरिका लागि सक्रिट ब्रेक लगाएर त्यो दिनका लागि कारोबार बन्द हुन्छ ।
आज अहिले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले दुई तिहाइको सरकार बनाउने भएपछि शेयर बजारमा उछाल आएको हो । अहिलेकोको बुललाई ‘बालेन बुल’ भनेर पनि हेरिएको छ ।
आज नेप्से १६२.९३ अंकले बढेको छ । तेस्रो ब्रेक लाग्दा नेप्से ६ प्रतिशतले बढेर २८७५.४३ विन्दुमा परिसूचक पुगेको छ ।
सो समयमा ५५ करोड ५९ लाख ६३ लाख रुपैयाँ बराबरको ११ लाख ४३ हजार ७६७ कित्ता शेयर कारोबार भएको छ ।
बजार बन्द हूँद कारोबारमा आएका कम्पनीमध्ये सबै कम्पनीले शेयर बढेको छ । रिलायन्स स्पिनिङ मिल्स बाहेक अन्य २५२ वटै कम्पनी बढेको छ ।
सो सयमयमा २६१ वटा कम्पनी कारोबारमा आउँदा ४ हजार ५१ पटक शेयर किनबेच भएको छ ।
१३ वटा समूहमध्ये ट्रेडिङ समूह ७.७३ सबैभन्दा बढी बढेको छ ।













