लगातार दाेस्राे दिन सेयर बजारमा भारि गिरावट, १२ समूहको उपसूचक नकारात्मक
काठमाडाैं । लगातार दाेस्राे दिन सेयर बजारमा भारि गिरावट आएको छ। मंगलबार ३२.८ अंकले घटेकाे सेयर बजार मापक नेप्से बुधबार पनि ४६.७८ अंकले घटेकाे छ।
आज १.६४ प्रतिशतले घटेर नेप्से परिसूचक २७ सय ९६ दशमलव ५७ बिन्दुमा राेकिएकाे छ।
नेप्सेसँगै यसदिन काराेबार रकम पनि घटेकाे छ। आज ३२९ कम्पनीकाे ३ कराेड ६० लाख ४९ हजार ४५१ कित्ता सेयर खरिदबिक्रि हुँदा १३ अर्ब १८ कराेड २ लाख ५५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ।
हिजाे ३ सय २९ वटा कम्पनीका ५ करोड २७ लाख कित्ता शेयर साढे २१ अर्ब रुपैयाँमा किनबेच भएको थियाे ।
समग्र बजार घटेकाे दिन ३४ कम्पनीकाे सेयर मूल्य बढेकाे छ। यसदिन सालपा विकास बैंककाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ भने नेश्नल हाइड्राेपावरकाे सेयर मूल्य ९.९६ र रिलायन्स स्पिनिङ मिल्सकाे सेयर मूल्य ९.३३ प्रतिशत बढेकाे छ।
यस्तै आज २२५ कम्पनीकाे सेयर मूल्य घटेकाे छ । यसदिन व्यापार उपसमुह ३.४०, फाइनान्स २.०८, जीवन बीमा १.९८, लगानी १.८७, अन्य १.८३, वाणिज्य बैंक १.८२, माइक्राेफाइनान्स १.६४, विकास बैंक १.६१, हाेटल तथा पर्यटन १.५६ र उत्पादन तथा प्रशाेधन १.४३ प्रतिशतले घटेकाे छ।













