सानिमा जिआईसी इन्स्योरेन्स ५.२६३ प्रतिशत लाभांश घाेषणा - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

सानिमा जिआईसी इन्स्योरेन्स ५.२६३ प्रतिशत लाभांश घाेषणा



काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैठकले सो आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम २ अर्ब १५ करोड रुपैयाँ चुक्तापुँजीको आधारमा कुल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको जनाएको छ।

प्रस्तावित लाभांशअन्तर्गत ५ प्रतिशत बोनस शेयर रहनेछ, जसको रकम करिब १० करोड ७५ लाख रुपैयाँ बराबर हुन्छ। यस्तै कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश पनि प्रस्ताव गरिएको छ, जसको रकम ५६ लाख ५७ हजार ८९५ रुपैयाँ बराबर छ।

कम्पनीका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरूलाई वितरण गरिनेछ।


प्रतिक्रिया दिनुहोस्