सोल्टी होटलको लाभांश शेयरधनीको खातामा आयो - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

सोल्टी होटलको लाभांश शेयरधनीको खातामा आयो



काठमाडौं । सोल्टी होटल लिमिटेडले लाभांश शेयरधनीको खातामा जम्मा गरिदिएको छ । कम्पनीको मंसिर २८ गते सम्पन्न ५१औं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश खातामा पठाएको हो ।

कम्पनीले १६.५७ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

कम्पनीले १५ प्रतिशत बोनस शेयर नेप्से तथा सीडीएस एण्ड क्लियरिङमा सूचीकृत तथा दर्ता भई शेयरधनीको दर्ता किताबमा समेत अद्यावधिक भइसकेको होटलले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्