व्यापार समुहले उचाल्याे सेयर बजार: २९ सय ६० को बिन्दुमा नेप्से, १४ अर्ब ८३ कराेडकाे काराेबार « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

व्यापार समुहले उचाल्याे सेयर बजार: २९ सय ६० को बिन्दुमा नेप्से, १४ अर्ब ८३ कराेडकाे काराेबार



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहाेरो अंकले बढेको छ । आज लगातार पाँचौ दिन सेयर बजार बढेको हो ।

आज सेयर बजार मापक नेप्से परिसूचक २३.८३ अंकले बढेर २९ सय ६० दशमलव ४० बिन्दुमा रोकिएको छ। यसदिन व्यापार समुह सर्वाधिक ९.१२ प्रतिशतले बढेकाे छ। विकास बैंक समुहकाे उपसूचक १.३८ र हाइड्राेपावर समुहकाे उपसूचक १.३२ प्रतिशतले बढेकाे छ।

यसदिन हाेटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा , माइक्राेफाइनान्स र अन्य समुहका उपसूचक घटेका छन्।

नेप्से परिसूचक बढे पनि यसदिन कारोबार रकम भने घटेको छ। आज ३४१ कम्पनीको ३ करोड ५८ लाख २२ हजार १९१ कित्ता सेयर १४ अर्ब ८३ कराेड ९१ लाख ८३ हजार रुपैयाँमा कारोबार भएको छ। हिजो ३४२ वटा कम्पनीको ३ करोड ८० लाख ७३ हजार ९४५ कित्ता शेयर खरिदबिक्रि हुँदा १५ अर्ब ७८ करोड ६३ लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मंगलबार १३६ कम्पनीको सेयर मूल्य बढेकोमा सालपा विकास बैंक, रिलायन्स स्पीनिङ मिल्स, सोलु हाइड्रोपावरकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस्तै हिमालयन पावर पाट्नर र भुजुङ भाइड्रोपावरकाे सेयर मूल्य ९.९८, होटल फरेस्ट इनकाे ९.९७, बिशाल बजार कम्पनी र सिन्धु बिकास बैंको सेयर मूल्य ९.९१ र ९.९० प्रतिशतले बढेकाे छ।


प्रतिक्रिया दिनुहोस्