बिहिबार सुनको मूल्य दुई सय रुपैयाँ बढ्यो « Arthapath.com
९ असार २०८२, सोमबार

बिहिबार सुनको मूल्य दुई सय रुपैयाँ बढ्यो



काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । दुई सय रुपैयाँ बढेसँगै आज सुन तोलाको ९५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन बुधबार तोलामा आठ सय रुपैयाँ बढेसँगै ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यो साता तीन दिनसम्म स्थिर रहेको सुनको मूल्य बुधबारदेखि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार, सोमबार र मंगलबार सुनको मूल्य स्थिर थियो ।
त्यसैगरी चाँदी तोलामा ३० रुपैयाँ बढेको छ । चाँदी बिहीबार तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलाको १२ सय १० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्