सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड



काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) बिहीबार बिहान बाँडफाँड गरिएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा भएको बाँडफाँड अनुसार गोलाप्रथा मार्फत कुल ३ लाख ४७ हजार ४९० जना भाग्यशाली आवेदकले १०–१० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।

यस आईपीओमा आवेदन दिने कुल २७ लाख ६८ हजार ७४३ जनामध्ये २७ लाख ३० हजार ९८७ जनाको आवेदन मात्रै रीतपूर्वक भएकाले स्वीकृत गरिएको थियो । मागभन्दा धेरै आवेदन परेका कारण गोलाप्रथा विधि अपनाइएको हो । जसले गर्दा योग्य ठहरिएका २३ लाख ८३ हजार भन्दा बढी आवेदकको हात भने रित्तिएको छ ।

कम्पनीले गत वैशाख ३ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ३४ लाख ७४ हजार ९०० कित्ता शेयर बिक्री खुला गरेको थियो । यो निष्काशन प्रक्रिया सफलतापूर्वक सम्पन्न भई आज वैशाख १७ गते बिहान नतिजा सार्वजनिक गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्